Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • २५ लाख रुपैयाँसहित दुईजना पक्राउ

    २५ लाख रुपैयाँसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाले हुण्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा महोत्तरी निवासी टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।



    उनीहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हुण्डी रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जटही नाकाबाट अवैध रकमसहित उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

    निरीक्षक रानाभाटका अनुसार जनकपुरबाट हुण्डी रकम २५ लाख ५० हजारसहित भारत जाँदै गर्दा जटहीबाट पक्राउ परेका हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार