Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पल शाह विवादमा, कुटपिट गरेको सार्वजनिक

    पल शाह विवादमा, कुटपिट गरेको सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौंँ । एक म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका अभिनेता पल शाह विवादमा मुछिएका छन् ।

    बिहीबार अभिनेता शाहले आफूमाथि दुरव्यवहार गरेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश-१ का अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् ।



    अध्यक्ष प्रधानले एक विज्ञप्ति जारी गर्दै घटनाको जानकारी सहित पलले लिखित माफी माग्नुपर्ने माग समेत राखेका छन्, उनले यदि पलले माफी नमागे प्रदेश नम्बर-१ भरि उनको फिल्म चल्न नदिने चेतावनी समेत दिएका छन् ।



    पल को निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि कुटपिट गर्दै आक्रमण गरेको प्रधानले आरोप लगाएका छन् ।

    प्रधानले शाहको दुरव्यवहारविरुद्ध इलाका प्रहरी कार्यालय धरानकामा उजूरी समेत दर्ता गराएका छन् । उजूरीको बिषयमा छलफलका लागि प्रहरीले पललाई आज शुक्रबार बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार