Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रामकुमारी झाक्रीले भनिन् – ओली आफैंले आत्मघाती गोल गरेर हारे

    रामकुमारी झाक्रीले भनिन् – ओली आफैंले आत्मघाती गोल गरेर हारे

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आत्मघाती गोल गरेर हारेको बताएकी छिन् ।

    शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै झाँक्रीले ओलीले आफैले आफैलाई गोल गरेको र थप गोल गर्ने समय बाँकी नरहेको बताइन् ।



    झाँक्रीले पार्टी विभाजनका खलपात्र राखेर कम्युनिस्ट पार्टी नबन्ने भन्दै अबको पार्टीमा केपी ओली, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु नहुने बताइन् ।



    उनले सभाबाटै निर्वाचन आयोगलाई पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन पनि आग्रह गरेकी छिन् । आयोगलाई ‘केपी ओलीको चिन्ता नगर्नुहोस् नेकपाको वैधानिकता हामी हौं’ उनले भनिन् ।

    सुर्य चिन्ह आफ्नो समुहको भएको दाबी गर्दै उनले व्यंग शैलीमा भनिन्, ‘अबको चनावमा केपी ओलीले त किरा फट्याङ्ग्रा चिन्हबाट चुनाव लड्छन्’।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार