Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादलको नेतृत्वमा टोली गठन

    विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादलको नेतृत्वमा टोली गठन

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार सरकारले आज विप्लव समूहसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ ।



    गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा वार्ता टोली गठन गरेको प्रवक्ता गुरुङले बताए । टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन् ।



    विप्लव समूहले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ।

    सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने विप्लव समूहका एक नेताले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार