Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेस आफ्नै नेतृत्वमा मात्र सरकारमा जान्छ : डा. प्रकाशशरण महत

    कांग्रेस आफ्नै नेतृत्वमा मात्र सरकारमा जान्छ : डा. प्रकाशशरण महत

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    चितवन। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द ‘विप्लव’समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् ।

    बिहीबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरेका छन् । उनले भने, ‘मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।’



    फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट परेका छन् ।
    उनले भने,’हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।’



    सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले स्पष्ट पारेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा. महतको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार