Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी गराउँदै महाशाखाले आज विहान देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।



    आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको हो ।



    महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुको एक÷दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना रहेको छ ।

    त्यसैगरी आज राति प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहने पूर्वानुमान रहेको छ ।

    बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार