Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोभ्याक्सको ३ लाख ४८ हजार डोज कोरोना खोप आज ल्याइँदै

    कोभ्याक्सको ३ लाख ४८ हजार डोज कोरोना खोप आज ल्याइँदै

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 825
    SHARES

     

    काठमाडौं । कोभ्याक्सको ३ लाख ४८ हजार डोज कोरोना खोप आज काठमाडौं आइपुग्ने भएको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको उक्त परिमाणको खोप नेपाल ल्याउन लागिएको हो।



    यो खोप नेपालले अनुदानमा पाएको हो। अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको उक्त खोप यसअघि नै नेपालमा प्रयोग भइरहेको छ।

    विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो।

    उक्त कार्यक्रम अन्तर्गत त्यस्ता राष्ट्रहरूले कम्तिमा २० प्रतिशत खोप पाउने भनिएको छ। यद्यपि सुरूमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने बताइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार