Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सन्दीप लामिछाने अढाई वर्षपछि घरेलु क्रिकेट खेल्दै

    सन्दीप लामिछाने अढाई वर्षपछि घरेलु क्रिकेट खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.2K
    SHARES

    काठमाडौं । लेगस्पीनर सन्दीप लामिछानेले अढाई वर्षपछि घरेलु क्रिकेट खेल्दै छन् । उनले आज मुलपानी खेल मैदानमा काठमाडौं मेयर्स कप खेल्दै छन् ।

    काठमाडौं मेयर्स टोलीको कप्तानी गर्दैछन् । मेयर्स ११ ले मुलपानी क्रिकेट मैदानमा आज बागमति प्रदेशविरुद्ध खेल्दैछ ।



    यसअघि विदेशी लिगहरुमा व्यस्त हुँदा वा अन्य व्यक्तिगत कारणले गर्दा सन्दीपले अढाइ वर्ष घरेलु क्रिकेट खेलेका थिएनन् । गत माघमा भएको प्रधानमन्त्री कप पनि सन्दीपले खेलेनन् ।



    पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेल्न गएका सन्दीप कोरोनाका कारण लिगनै अनिश्चितकालको लागि स्थगित हुँदा शुक्रबार नेपाल फर्किएका थिए ।

    त्यसपछि क्यानले सन्दीपलाई यसअघि नै घोषित भइसकेका काठमाडौं मेयर्स ११ टिमको कप्तान नियुक्त गरेको हो ।

    पछिल्लो पटक २०१८ डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सबाट घरेलु क्रिकेट खेलेका थिए । उनले सुरुआती दुई खेलमा ५ विकेट लिएका थिए । त्यसपछि सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया गएका थिए ।

    यस बीचमा सन्दीपले अष्ट्रेलिया, भारत हुँदै क्यानडामा प्रतियोगिता खेलेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार