Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • संसदको कार्यसूची फेरियो, राष्ट्रपतिको पत्र पढेर बैठक अन्त्य गरिँदै

    संसदको कार्यसूची फेरियो, राष्ट्रपतिको पत्र पढेर बैठक अन्त्य गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । संसदको आजको पहिलो बैठकका कार्यसूची फेरिएको छ ।

    आइतबार बस्ने बैठकमा सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।



    सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा अन्य कार्यसूची नराख्न निर्देशन दिएका हुन् ।



    ‘बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ र यसैबीचमा निधन भएका १४ जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ’, सचिवालयका प्रवक्ता पाण्डेले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार