Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दुई महिना पर धकेलियो एसईई, परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

    दुई महिना पर धकेलियो एसईई, परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दुई महिना पर धकेलिएको छ।

    कोरोना भाइरस कारण  चैत महिनामा शुरु हुने एसईई परीक्षा यसबर्ष २ महिना पर सर्दै आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।



    राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय परीक्षा बोर्डको बैठकले गरेको हो।



    एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

    ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

    गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

    मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाएका थिए । यद्यपि कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार