Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • महाशिवरात्री विशेष

    भोलि काठमाडौंका यी स्थानमा चल्दैनन सवारी, तीन ठाउँबाट लाइन बस्न सकिने, १० हजार बढी सुरक्षाकर्मी परिचालन

    भोलि काठमाडौंका यी स्थानमा चल्दैनन सवारी, तीन ठाउँबाट लाइन बस्न सकिने, १० हजार बढी सुरक्षाकर्मी परिचालन

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । शिवरात्रीको दिन भोली महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ।

    शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा विशेष मेला लाग्ने र दर्शनार्थीको चाप बढी हुने भएकाले सवारी निषेध गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ ।



    शिवरात्री पर्वका लागि ट्राफिक व्यवस्थापन भन्दै महाशाखाले आजै सूचना निकालेर बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको जनाएको हो ।



    पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।

    महाशाखाले जारी गरेको सूचनामा भनिएको छ–‘महाशिवरात्री पर्वको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारू गरिनेछ। तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिनेछ ।’

    पशुपतिमा १० हजार बढी सुरक्षाकर्मी, तीन ठाउँबाट लाइन बस्न सकिने
    महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा तीन दिनअघिदेखि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यससँगै आगामी पशुपतिनाथमा शिवरात्रीको तयारी पूरा भएको छ । यसपटकका लागि पशुपति दर्शनका लागि तीन स्थानबाट लाइन बस्ने प्रबन्ध गरिएको पनि जनाइएको छ ।

    विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गर्नुपर्नेछ ।

    वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ ।

    पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ ।

    कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउन भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ ।

    महाशिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निस्शुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ ।

    विगत वर्षमा स्वयंसेवक परिचालन गर्ने अनुमति लिएर आफैँ दर्शन गर्न जाने एवं तोकिएको काम नगर्ने संस्थालाई यस वर्ष जिम्मेवारी दिइएको छैन ।

    यस्तो छ महाशाखाको सूचना

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार