Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • तीन महिनापछि सँगै देखिए ओली र नेपाल, खनाल अनुपस्थित

    तीन महिनापछि सँगै देखिए ओली र नेपाल, खनाल अनुपस्थित

    धुम्बाराहीमा ओली र नेपालबीच भेट

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ समूह र अध्यक्ष केपी शर्मा ओली समूहको पार्टी केन्द्रीय कार्याल धुम्बाराहीमा भेट भएको छ ।

    करिब तीन महिनापछि माधव-झलनाथ समूह र ओली समूहको पहिलोपटक भेट भएको हो।



    पछिल्लो समय पार्टी भित्र रहेको विवादलाई टुङ्गोमा पुर्याउन आज धुम्बाराहीमा दुवै पक्ष भेट भएका हुन् ।



    धुम्बाराहीमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीलगायतका अन्य नेता सहभागी भएका छन्  ।

    त्यस्तै, अर्को पक्षबाट माधव नेपालसहित भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी भएका छन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाललाई भने उपस्थिति छैनन्।

    पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको ओलीनिकट स्रोतले जनाएको छ ।

     

    अहिले छलफल जारी रहेको स्रोतले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार