Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपाललाई भित्र्याएका ओलीले किन खनाललाई बोलाएनन् ?

    नेपाललाई भित्र्याएका ओलीले किन खनाललाई बोलाएनन् ?

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ समूह र अध्यक्ष केपी शर्मा ओली समूहको पार्टी केन्द्रीय कार्याल धुम्बाराहीमा भेटवार्ता जारी रहेको छ ।

    भेटवार्तामा माधव समूहकै बरिष्ठ नेता झलनाथ खनाल भने अनुपस्थित रहेका छन् ।



    करिब तीन महिनापछि माधव-झलनाथ समूह र ओली समूहको पहिलोपटक भेट भएको हो ।



    धुम्बाराहीमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीलगायतका अन्य नेता सहभागी भएका छन् ।

    त्यस्तै, अर्को पक्षबाट माधव नेपालसहित भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी भएका छन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाललाई भने बोलाईएको छैन ।

    यद्दपि आजको छलफलमा खनाल किन अनुपस्थित रहे भन्ने बाहिर आइसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार