Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • डाबरको स्यानिटाइजरमा प्रतिबन्ध

    डाबरको स्यानिटाइजरमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालीले उत्पादन गर्ने स्यानिटाइजरमा सरकारले प्रतिबन्ध लगाएको छ ।

    डाबरको एक लिटर र ७५ मिलिलिटरको ह्यान्ड स्यानिटाइजर न्यून गूणस्तरको पाइएपछि औषधि व्यवस्था विभागले उत्पादन तथा बिक्री रोक्‍का गरेको हो । विभागले बजार अनुगमनका क्रममा स्यानिटाइजरको नमुना परीक्षण गरेको थियो ।



    परीक्षणका क्रममा न्यून गूणस्तरको पाइएको विभागले जनाएको छ । औषधि व्यवस्था विभागले उद्योगलाई बजारबाट स्यानिटाइजर फिर्ता लिन निर्देशन दिएको छ । विभागका अनुसार ती स्यानिटाइजरमा मापदण्डअनुसार अल्कोहल नपाइएको उल्लेख छ ।



    डाबरसँगै आर्या फर्मा ल्याबको स्यानिटाइजरमा समेत प्रतिबन्ध लगाइएको छ । क्लिन वेल ब्राण्डको ५०० एमएल र १०० एमएलको स्यानिटाइजरको बिक्री रोक्का गरिएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार