Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बोहोराटारमा पौडेल पक्षको बैठक

    बोहोराटारमा पौडेल पक्षको बैठक

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय प्रमुख नेतालाई आफ्नो निवासमा बोलाएका छन् ।

    पौडेलले आफ्नो निवास बोहोराटारमा आज दिउँसो एक बजेका लागि आफू पक्षीय नेताहरुलाई बोलाएका हुन् ।



    पौडेलले, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेतालाई बोलाएका छन् ।



    पार्टीको महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने नेता महतले जानकारी दिए ।

    पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिन अग्रसरता नलिएको भन्दै पौडेल पक्ष असन्तुष्ट रहेको छ ।

    तर पौडेलले यसका लागि पनि काँग्रेसले अग्रसरता दिनुपर्ने बताइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार