Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आफैले पालेको राँगाले हानेर एक व्यक्तिको मृत्यु

    आफैले पालेको राँगाले हानेर एक व्यक्तिको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 2K
    SHARES

    सिन्धुपाल्चोक । आफैँले पालेको राँगाले हान्दा आज एक व्यक्तिको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् ।



    बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।



    खड्काको शव परीक्षणपश्चात् उनका छोरालाई जिम्मा लगाइएको तामाङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार