Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राँगाले हानेर बुवाको मृत्यु, छोरी घाइते, प्रहरीले यसरी मार्यो राँगालाई

    राँगाले हानेर बुवाको मृत्यु, छोरी घाइते, प्रहरीले यसरी मार्यो राँगालाई

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.5K
    SHARES

    लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–४ कुम्रुकमा राँगाले हानेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    आइतबार विहान ६ बजेको समयमा राँगाले हानेर ४४ वर्षीय खुमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी जगदिश रेग्मीले बताए । उनको छोरी २० वर्षकी रबिना भने घाइते भएकी छिन् ।



    आफैंले पाल्दै आएको राँगालाई बाँध्ने भन्दै गोठ नजिँदै जाँदा राँगाले नेपालीलाई हानेको थियो ।



    घाइते नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा उपचार हुन नसकी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।

    बाटोमा अवस्था गम्भीर भएपछि सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित भोटेओडार अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए । मान्छे हान्दै हिँडेपछि राँगालाई प्रहरीले गोली हानेर मारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार