Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओलीले रेशम चौधरीलाई थुनामुक्त गर्ने नौटङ्की रच्दैछन् : खगेन्द्र संग्रौला

    ओलीले रेशम चौधरीलाई थुनामुक्त गर्ने नौटङ्की रच्दैछन् : खगेन्द्र संग्रौला

    जसपालाई ललाई-फकाई गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको टिकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई जेल हाल्ने पनि आफैँ र मुक्त गर्न खोज्ने पनि आफैँ रहेको बताएका छन् ।

    संग्रौलाले सामाजिक सञ्जालमार्फत् यस्तो अभिव्यक्ति दिएका हुन्। उनले जसपालाई फकाएर आफ्नो सरकारको आयु लम्ब्याउन ओली लागेको बताएका छन्।



    ट्वीटर उनले हिजो माइतीघरमा भएको प्रदर्शनलाई समेत जोडेका छन्। प्रदर्शनमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापाप्रति पनि संग्रौलाले आपत्ति जनाएका छन्।



    बिहीबार राजधानीको माइतीघरमा थरुहट संघर्ष समितिले गरेको आन्दोलनमा गृहमन्त्री थापा आफै उपस्थित भएर वार्ताका लागि तयार हुन आदेश दिएका थिए।

    उनले लेखेका छन्,  ‘ओली सरका अर्दलीतुल्य गृहमन्त्री रामबहादुर थापा बादल विधिवत् निर्वाचित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्ने नौटङ्की रच्दै जसपाको महन्थ गुटलाई ललाई-फकाई, लोभ्याई-झुकाई ओलीतन्त्रको आयु र आफ्नो जागिर लम्ब्याउन नाङ्गै सडकमा ! थुन्ने आफैँ, थुनामुक्त गर्न सडकमा कुर्लिने आफैँ ! हैट,नकटा !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार