Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पशुपति आर्यघाटमा कांग्रेस नेता जोशीको अन्त्येष्टि

    पशुपति आर्यघाटमा कांग्रेस नेता जोशीको अन्त्येष्टि

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

    मस्तिष्कघातका कारण शुक्रबार राति ८ः२४ बजे नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पार्थिव शरिरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए।



    अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उनको नीजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो।



    सानेपामा उनको पार्थिव शरिरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

    स्व जोशीको शवलाई श्रद्धाञ्जलि दिन सभामुख अग्नीप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थियो ।

    विस २०१९ असार ३ गते काठमाडौंमा जनिमएका नेता जोशी नेपाल विद्यार्थी सङ्घको पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाको पूर्वउपमेयर, विस २०६४ र २०७० सालमा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए।

    स्व. जोशीले राजनीतिलाई सँधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार