Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेस नेता जोशीको निधनप्रति सभापति देउवाद्वारा समवेदना

    कांग्रेस नेता जोशीको निधनप्रति सभापति देउवाद्वारा समवेदना

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

    मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।



    फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।



    मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

    अस्पताले शुक्रबार बिहानदेखि जोशीको मुटुले काम गर्न छाडेको तर, उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको जनाएको छ ।

    २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् । गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग पराजित भएका थिए ।

    पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए ।

    २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसकातर्फबाट काठमाडौं महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका जोशी प्रचण्ड नेतृत्वको माओवादी–कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए ।

    स्वर्गीय जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत थिए ।

    नेता जोशीको निधनप्रति कांग्रेस सभापति शेरवहादुर देउवाले गहिरो समवेदना व्यक्त गर्दै सामाजिक सन्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार