Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘संसदबाट प्रधानमन्त्री हराएको सूचना जारी’

    ‘संसदबाट प्रधानमन्त्री हराएको सूचना जारी’

    ओलीलाई कतै भेटे संसदमा बुझाईदिन खगेन्द्र संग्रौलाको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 6.7K
    SHARES

    काठमाडौँ। संसद् पुनर्स्थापना भएसँगै आजसम्म छैटौं पटक संसदको बैठक बस्यो तर अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी भएका भने छैनन् ।

    गत पुष ५ गते प्रधानमन्त्री आफैले बिघटन गरेको संसद पुनर्स्थापना भएपछि पनि उनी उपस्थित नभएका भने होइनन् । यसअघिका बैठकमा कहिले छिटो त कहिले चाँडो पुग्ने गरेका प्रधानमन्त्री ओली आजको बैठकमा भने संसद भवन परिसरतिर पनि देखा परेनन्।



    संसदमा प्रधानमन्त्री उपस्थिति नभएपछि बैठकमा उपस्थित सांसदहरुले आपत्ति जनाउँदै सहभागी  नहुनुको कारण समेत माग गरेका थिए ।



    यसैबीच, वर्तमान राजनीति र मुलुकको अवस्थालाई नजिकबाट नियाल्दै आइरहेका बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले भने संसद बाहिरबाटै भएपनि प्रधानमन्त्री ओलीप्रति अनौठो टिप्पणी गरेका छन्।

    आजको बैठक सकिएपछि बैठकका गतिविधिलाई नियाल्दै बसेका लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत् संसद र प्रधानमन्त्री ओली प्रति हाँस्यव्यंग शैलीमा कटाक्ष प्रकट गरेका छन्।

    लेखक संग्रौलाले संसदमा प्रधानमन्त्रीको नाकमुख नदेखिँदा संसदबाट प्रधानमन्त्री हराएको सूचना जारी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई कतै भेटे संसदमा बुझाईदिन आग्रह समेत गरेका छन्।

    उनले लेखेका छन्, ‘ओली सरद्वारा मारिएकाे संसद ब्युँझेर खुलेकाे यतिका दिनसम्म पनि संसदमा प्रधानमन्त्रीकाे नाकमुख नदेखिँदा संसदबाट प्रधानमन्त्री हराएकाे सूचना जारी भएछ । प्रधानमन्त्रीलाई कसैले कतै भेटेर पक्राउ गरी संसदमा बुझाइदिए एक लाख नखत पुरस्कार प्राप्त हुने रे । बेराेजगार मुलुकले पायाे त हाव काम !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार