Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

    सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 10.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं। पाल्पा, भोजपुर, बाँके र नुवाकोटका विभिन्न स्थानमा भएका सवारी दुर्घटनमा परी ५ जनाको मृत्यु भएको छ । 

    पाल्पा, तानसेन नगरपालिका-७ काजिपौवास्थित सडकमा लु.२ च ६३२ नम्बरको पिक-अप गाडी सडकबाट करिब २० मिटर तल खसेर गएराति दुर्घटना हुँदा गाडीका चालक बगनासकाली गाउँपालिका-४ बस्ने २० वर्षीय बिजय खाम्चा र गाडीमा सवार रिब्दिकोट गाउँपालिका-४ रानिठाटी बस्ने २७ वर्षीय राज थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 



    भोजपुर, अरुण गाउँपालिका-४ छेम्ताङस्थित सडकमा ना.३ ख ३२० नम्बरको ट्रक आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा ट्रकमा सवार मोरङ पथरी शनिश्चरे नगरपालिका-८ बस्ने ४३ वर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्रक चालक अरुण गाउँपालिका-६ जरायोटार बस्ने २० वर्षीय जनक बहादुर खड्कालाई उपचारको लागि विराट नर्शिङहोम विराटनगरतर्फ पठाइएको छ । 



    बाँके, कोहलपुर नगरपालिका-११ शान्तिनगरस्थित सडकमा भे.१ च १६६९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने धन बहादुर बिकको १८ महिने छोरा साजन बिकको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । जिप र चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

    नुवाकोट, तादी गाउँपालिका-५ नयाँबस्तीस्थित सडकमा बा.५ ख ६४९४ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने कृष्ण बहादुर तामाङको ४ वर्षीय छोरा आईतमान तामाङको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको खरानिटार अस्पताल हुँदै वीर अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार