Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदीहरु भागे

    नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदीहरु भागे

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 1.9K
    SHARES

    एजेन्सी। बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।

    आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए।



    हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ।



    ३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए।

    प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ।

    तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ।

    जेलबाट १,८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्।

    हमला
    सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।

    प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए।

    आक्रमण
    राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई ‘अराजकतावादीहरूले गरेको’आतङ्कवादको कार्य भनेका छन्।

    उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।

    द इन्डीजीनीएस पीपल अफ बीयाफ्राका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई सोमवारको आक्रमण पछाडी उक्त समूहको हात रहेको विषय ‘झुटो’ रहेको बताएका छन्।

    ज्यानुअरी महिनादेखि दक्षिण-पूर्वी नाइजीरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठूलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ। स्रोत : बिबिसी

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार