Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • चीनले ताइवानको आकासमा एकैपटक २५ वटा युद्ध विमान पठाएपछि…

    चीनले ताइवानको आकासमा एकैपटक २५ वटा युद्ध विमान पठाएपछि…

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 2.8K
    SHARES

    एजेन्सी। चीनले अहिलेसम्मकै सबैभन्दा धेरै ताइवानको आकासमा एकैपटक २५ वटा युद्ध विमान पठाएको छ ।

    सोमबार ताइवानको रक्षा मन्त्रालयले लडाकु र परमाणु-सक्षम बमवर्षक सहित २५ वटा चिनियाँ विमान आफ्नो ‘वायु’ रक्षा पहिचान क्षेत्रुमा प्रवेश गरेको जनाएको छ ।



    तर ताइवानले निगरानी तथा प्रतिरक्षाका लागि लडाकु विमान तैनाथ गरेको जनाएको छ ।



    ताइवानलाई आफ्नो हिस्सा मान्दैआएको चीन सरकारले यसअघि पनि ताइवानको आकासमा यसै गरी पटक पटक युद्ध विमान पठाउने गरेको थियो ।

    ताइवानको दक्षिणी भाग र दक्षिण चीन सागरकोबीचको अन्तर्राष्ट्रिय जल क्षेत्रलाई लिएर चीन र अमेरिकाबीच पछिल्लो समय चर्को विवाद हुँदैआएको छ । (एजेन्सीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार