Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्यूठान जीप दुर्घटना : मृतक संख्या ५ पुग्यो

    प्यूठान जीप दुर्घटना : मृतक संख्या ५ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप प्युठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनामा ११ जना घाइते भएका छन् ।

    नयाँ वर्ष मनाउनका लागि सरकारी कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु१ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको हो ।



    दुर्घटनामा परी मृत्यु हुनेहरुमा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखामा कार्यरत धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपाने र २७ वर्षीय यमलाल पन्थी रहेको प्रहरीले जनाएको छ ।



    जीप घुम्तीमा बसलाई ओभरटेक गर्ने क्रममा भीरबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवारसहित १६ जना सवार थिए । उनीहरु नयाँ वर्षको अवसर पारेर स्वर्गद्वारी दर्शनका लागि गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार