Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जन्ती बोकेको जिप दुर्घटना हुँदा वडा सदस्यको मृत्यु

    जन्ती बोकेको जिप दुर्घटना हुँदा वडा सदस्यको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 834
    SHARES

    फाइल तस्विर

    प्युठान । प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप ऐरावती गाउँपालिका-२, बरौलामा दुर्घटनामा परेको हो।



    दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । नाच्दै गाउँदै हिँडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो।



    एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार