Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • विरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

    विरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 1.7K
    SHARES

    विरगन्ज । कोरोना भाइरसको संक्रमणबाट पर्साको विरगन्जमा आज बिहान एक महिलाको मृत्यु भएको छ ।

    वीरगञ्ज महानगरपालिका–२ की ४२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा सरोज रोशन दासले जानकारी दिए । ती महिलाको उपचारकै क्रममा मृत्यु भएको हो ।



    गत वर्ष चैत २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी ती महिलाको सोही दिन पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो ।



    यस्तै चैत ३१ गते अस्पतालमा बारा जितपुर सिमरा उप–महानगरपालिकाका एक युवक र वीरगञ्ज महानगरपालिका–३ का एक संक्रमितको पनि उपचारको क्रममा ज्यान गएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार