Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चौतर्फी दबाबपछि आइतबारबाट विद्यालय बन्द हुँदै, सीसीएमसीले आजै निर्णय गर्ने

    चौतर्फी दबाबपछि आइतबारबाट विद्यालय बन्द हुँदै, सीसीएमसीले आजै निर्णय गर्ने

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज २ बजे बस्ने भएको छ ।

    प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने जनाइएको छ ।



    संक्रमण दर उकालो लागिरहेको परिस्थितीमा सीसीएमसीको आजको बैठकले केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्लालाई संवेदनशिल क्षेत्रको रुपमा घोषणा गर्दै ती क्षेत्रका बिद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न भनिसकेको छ भने काठमाडौं महानगरपालिकाले पनि संक्रमित देखिएका विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ ।

    त्यसो त राष्ट्रिय सभाको संसदीय समितिले पनि तत्काल बन्द गर्न सरकारलाई शुक्रबार निर्देशन दिएको थियो । यद्यपी काठमाडौंका अधिकांश विद्यालय बन्द भने भएका छैनन् । आज शनिबार छुट्टिको दिन परेकाले चौतर्फी दाबाबपछि आइतबारबाट विद्यालय बन्द हुन सक्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार