Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सप्तरीमा निर्णय नमान्ने ११ विद्यालयका सञ्चालक पक्राउ

    सप्तरीमा निर्णय नमान्ने ११ विद्यालयका सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    सप्तरी । सरकारी निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ निजी विद्यालयका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । सो निर्देशनको अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए ।



    पटक–पटक सम्झाउँदा पनि विद्यालय बन्द गर्न नमानेपछि कारवाहीको दायरमा लिइएको उनले बताए । आज बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।



    उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार