Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • रूसमा भएको गोलीबारीमा ७ जना बच्चासहित ९ को मृत्यु

    रूसमा भएको गोलीबारीमा ७ जना बच्चासहित ९ को मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। रूसको शहर काजानको एउटा स्कूलमा भएको गोलीबारीमा ९ जनाको मृत्यु भएको छ। गोलीबारीमा ७ जना बच्चासहित ९ जनाको मृत्यु भएको वताइएको छ।

    यो घटना पछि, रूसी राष्ट्रपति भ्लादिमीर पुतिनले बन्दुक राख्ने नियमहरूको समीक्षा गर्न आदेश दिएका छन्।



    अधिकारीका अनुसार दुई व्यक्तिले अन्धाधुन्ध गोली चलाएको छ र १९ वर्षीय युवकलाई पक्राउ गरिएको छ।



    आक्रमण पूर्वी मस्कोबाट ८२० किलोमिटर टाढामा भएको थियो।

    रिपोर्टमा दोस्रो आक्रमणकारी चौथो तलामा मारिएको छ।

    भारी सुरक्षा बल र आपतकालीन गाडीहरू काजानको स्कूल नम्बर १७५ बाहिर जम्मा भएका छन्। सामाजिक सन्जालमा शेयर गरिएको तस्वीरमा, बच्चाहरू स्कूलको झ्यालबाट उफ्रँदै गरेको देखिन्छ र घाइतेलाई बाहिर निकालेको देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार