Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • युक्रेन संकट : अमेरिकी राष्ट्रपति बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने

    युक्रेन संकट : अमेरिकी राष्ट्रपति बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । युक्रेनमा रसियाको सम्भावित आक्रमणको तनावबीच अमेरिकाले युरोपमा थप सेना पठाउने भएको छ । राष्ट्रपति बाइडेनले युरोपमा यसै हप्ता थप सुरक्षाकर्मी पठाउने भएका हुन् ।

    अमेरिकी परिचालनलाई रुसले विनाशकारी भनेको छ । रसियाले युक्रेन अतिक्रमणको योजनामा गरेको अमेरिकालगायत पश्चिमेली देशहरुले आरोप लगाउँदै आएका छन् ।



    तर, मस्कोले सो आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो ।



    त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् । रुसले युक्रेनसँगको सीमामा यसअघि नै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार