Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको मागलाई अमेरिकाद्धारा अस्वीकार

    युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको मागलाई अमेरिकाद्धारा अस्वीकार

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । युक्रेनलाई सैन्य गठबन्धन नेटोमा सामेल हुनबाट रोक्नु पर्ने रुसको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ । रसियाले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिनकेनले ​ रसियाको माग अस्वीकार गरेका हुन् ।

    युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको रुसले आक्रमणको तयारी गरेको अमेरिकासहितका पश्चिमा देशको आरोप छ । तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।



    अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकनले युक्रेनलाई लिएर उत्पन्न तनाव अन्त्य गर्नका लागि अमेरिका आधिकारिक प्रस्ताव वा अडान रुसलाई बुझाएका छन् ।



    विदेशमन्त्री ब्लिंकनले अमेरिकी प्रस्तावबारे विस्तृतमा केही बताएका छैनन् । तर आफूहरुले समस्या समाधानका लागि गम्भीर कूटनीतिक मार्ग सुझाएको र अब कुन बाटो हिँड्ने भन्ने रुसको रोजाइ रहेको उनले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार