Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • रुसमा एकैदिन थपिए अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

    रुसमा एकैदिन थपिए अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी ।  रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् ।

    ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन् । त्यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ ।



    त्यसैगरी त्यहाँको सरकारले बताए अनुसार त्यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ६६१ जना संक्रमितको निधन भएको छ ।



    यो समेतगरी त्यहाँअहिलेसम्म ३ लाख ३५ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

    रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार