Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बाबुराम भट्टराईको कुटिल चाल : महन्थ ठाकुर वा उपेन्द्र यादवलाई सरकारको नेतृत्व

    बाबुराम भट्टराईको कुटिल चाल : महन्थ ठाकुर वा उपेन्द्र यादवलाई सरकारको नेतृत्व

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठन गर्न प्रस्ताव अघि बढाएका छन्।

    वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछिको अवस्थाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले ओली, देउवा, प्रचण्ड र आफू प्रधानमन्त्री नहुने गरी नयाँ विकल्प खोज्नुपर्ने प्रस्ताव अगाडि सारेका छन्।



    उनको संकेत जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवप्रति लक्षित थियो । उनी कुटिल चाल चाल्दै मौकामा चौका हान्न चाहन्छन् । अहिलेको अवस्थामा ठाकुर वा यादवलाई प्रधानमन्त्री बनाउन उनले जोडबल लगाइरहेका छन् ।



    दलका प्रमुख र पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर पनि अघि बढ्न सकिने भट्टराईको भनाइ छ । उनले एक वर्षभित्र चुनाव गर्न सकिने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार