Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ग्रान्डीमा पनि अक्सिजनको अभाव, अबदेखि नयाँ बिरामी भर्ना नलिने

    ग्रान्डीमा पनि अक्सिजनको अभाव, अबदेखि नयाँ बिरामी भर्ना नलिने

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौँको धापासीस्थित ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले पनि अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने बताएको छ। यसअघि ललितपुरको मेडीसीटी र भक्तपुरको अस्पतालहरुले पनि नयाँ भर्ना नलिने बताएका थिए।

    अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।



    अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए । ‘कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौँ, उनले भने।



    अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्रान्डीले बिरामीसँग क्षमासमेत मागेको छ । अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने महाप्रबन्धक सिंहको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार