Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टोखामा इश्वर पोखरेलका उम्मेदवारलाई दीपक कुँवरले हराइदिए , पोखरेल तनाबमा !

    टोखामा इश्वर पोखरेलका उम्मेदवारलाई दीपक कुँवरले हराइदिए , पोखरेल तनाबमा !

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं। एमाले नेताकै खटपटका कारण टोखा नगर पालिकाको वार्ड नं. ६ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका उम्मेदवार शान्ता पौडेलले १०७४ मतका साथ एमालेका उम्मेदवार भगवान केसीलाई पराजित गरेकी हुन ।

    केसीले ७६८ मत प्राप्त गरे । कांग्रेसले जितेको उक्त वडा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको गढ मानिन्छ। एमालेबाट उम्मेदवार बनेका केसी एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलकै रोजाइका उम्मेदवार बने पनि उनलाई हराउन दीपक कुँवर नै लागिपरेको एमालेके नेताहरुले वताउन थालेका छन् ।



    कुँवर र केसीबीच लामो समयदेखि व्याबसायिक खटपट रहँदै आएको छ। अन्य आकांक्षीलाई पन्छाएर पोखरेलले केसीलाई उम्मेदवार बनाएका थिए ।



    केसीलाई उम्मेदवार बनाएपछि पोखरेल र  कुँवरबीचको सम्बन्धमा समेत खटपट भएको छ ।

    पोखरेलले केसीलाई उम्मेवार बनाउने भएपछि  कुँवरले उनलाई उम्मेदवार नबनाउँन दवाव दिएका थिए ।

    तर, पोखरेलले कुँवरको आग्रहलाई लत्याउँदा अन्तम कुँवरले गतिलो जवाफ दिएको उक्त क्षेत्रका एमालेकै एक नेताले दाबी गरे।

    कुँवरले केसी कुनै वेला आफ्नो कर्मचारी भएको र ठूलो धोका दिएको भन्दै उम्मेदवार नबनाउन पोखरेललाई दबाब दिएका थिए । केसी अहिले भने कुँवरकै हाराहारीमा सम्पत्ति कमाउन सफल भएका छन्। एमाले नेता पोखरेलले केसी र कुँवरबाट आर्थिक लाभ लिँदै आएका छन् ।

    केसीलाई हराउनका लागि शान्ता पौडेललाई जिताउन कुँवरले ठुलो आर्थिक सहयोग गरेको ती नेताको भनाइ छ। यता,पोखरेल भने कुँवरकै कोलनी भित्र वस्ने गर्छन ।

    भगवान केसीले चुनाव हारेपछि पोखरेल तनाबमा परेको वताइएको छ।   ग्रान्डी अस्पतालका संचालक कुँवरले पोखरेलकै आडमा १३ रोपनी क्षेत्रफलको गोङ्गबुस्थित नयाँ बसपार्कको जग्गा कौडीको भाउमा हत्याएर लोत्से मल बनाएका छन्।

    कुँवर निलम्बित प्रधानन्यायाधिस चोलेन्द्रशम्सेर जबराका बिचौलियाका रुपमा पनि चिनिन्छन्।

    कुँवरमाथि  प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैटे’को पैसा र सम्पत्तिमा राज गरेको आरोप लाग्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार