Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिराहामा कोरोना संक्रमणका कारण डाक्टरको मृत्यु

    सिराहामा कोरोना संक्रमणका कारण डाक्टरको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 2.9K
    SHARES

    सिराहा। जिल्लामा कोरोना संक्रमित एकजना डाक्टरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा लहान नगरपालिका वडा-६ घर भएका ३५ वर्षीय डा. मुकेश चौधरी रहेका छन् ।



    करिव ९ दिनअघि कोरोना संक्रमित भएका ड़ा चौधरी घरमै आइसोलेशनमा बस्दै आएका थिए । तर, हिजो साँझ स्वास्थमा थप समस्या बढेपछि उनलाई विराटनगरको विराट नर्सिंङ अस्पताल लगिएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।



    चौधरीलाई अस्पताल पुर्याएको केही बेरमै मृत्यु भएको यादवको भनाइ छ ।

    मृतक डा. जिल्ला सदरमुकाम लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार