Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोनाका कारण संविधानसभा सदस्य चौधरीको निधन

    कोरोनाका कारण संविधानसभा सदस्य चौधरीको निधन

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 1.8K
    SHARES

    धनगढी। कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो ।

    कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासी स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको उनका श्रीमान् मोतीलालले जानकारी दिए ।



    कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका तर्फबाट २०७० सालको संविधानसभा सदस्य थिइन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार