Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ओलीले बोलाए स्थायी कमिटी बैठक, एजेण्डा के ?

    ओलीले बोलाए स्थायी कमिटी बैठक, एजेण्डा के ?

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

    ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाएका हुन् । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताए ।



    तामाङ्ले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए । ‘विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्, तिनलाई पनि थप स्पष्टीकरण सोधिने छ’, उनले भने ।



    यही जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको स्पष्टीकरण पेश गर्न आज अन्तिम समयसीमा तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार