Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • संसद विघटनविरुद्ध परेका रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा, फैसला के होला ?

    संसद विघटनविरुद्ध परेका रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा, फैसला के होला ?

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रतिनिधिसभा विघटनका सम्बन्धमा परेका रिटहरुको सुनुवाई प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ ।

    आज प्रधानन्यायाधीश जबराले १९ रिटको पेशी तोक्दै आफ्नै बेञ्चबाट सुनुवाई गर्ने भएपछि उनको इजलासमा हुने भएको हो।



    सर्वोच्च अदालतले साधारण क्षेत्राधिकारतर्फ दर्ता भएका १९ वटा रिटको सुनुवाई बिहीबार र संवैधानिक इजलासमा जाने गरि दर्ता भएका ११ थान रिटको सुनुवाई शुक्रबारका लागि पेशी तोकिएको छ । गएको सोमबार १४६ जना सांसदहरुको सहित २८ वटा रिट दर्ता भएकोमा मंगलबार थप दुईवटा दर्ता भएकाथिए ।



    विपक्षी गठबन्धनका १४६ जना सांसदमध्ये १३९ जना आफै उपस्थित भएर निवेदनमा सनाखत गरि रिट दिएका छन् भने बाँकी ७ जनाले वारेसमार्फत उपस्थिति जनाएका थिए। संसद पुनर्स्थापन गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २६ वटा र राष्ट्रपतिको कदम सदर गर्नुपर्ने माग रहेका ४ वटा निवेदन छन् ।

    चारवटा निवेदनमा ओलीलाई नै प्रधानमन्त्री तोकेर चुनाव जाने निर्णयलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ। साधारण इजलासमा पेशी तोकिए पनि सुनुवाईका लागि भने सबै रिट संवैधानिक इजलासमा जाने संभावना देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार