Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कोरोना अपडेट

    लगातार दोस्रो दिन संक्रमितभन्दा निको हुनेको संख्या बढी, ७,२२६ जना डिस्चार्ज

    लगातार दोस्रो दिन संक्रमितभन्दा निको हुनेको संख्या बढी, ७,२२६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।



    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ।



    हिजो बुधबार ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार