Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • यी हुन स्वास्थ्यकर्मीलाई पसलमै गएर कुट्ने डीएसपी, प्रदेश प्रहरीद्वारा छानविन शुरु

    यी हुन स्वास्थ्यकर्मीलाई पसलमै गएर कुट्ने डीएसपी, प्रदेश प्रहरीद्वारा छानविन शुरु

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 6.6K
    SHARES

    पर्सा । वीरगञ्जमा मेडिकलका कर्मचारीलाई प्रहरी अधिकृतले नै कुटेको घटनाको छानविन शुरु भएको छ।

    बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डीएसपी प्रह्लाद कार्कीले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई कुटेर लछारपछार पारेको सामाजिक सञ्जालमा भाइरल भएको थियो।



    आज प्रदेश नं २ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाईले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन गर्न आफ्नो संयोजत्वमा तीन सदस्य छानविन समिति गठन भएको जनाएका छन् ।



    विज्ञप्तिमा ‘अनुसन्धान कार्य प्रारम्भ गरिएको र अनुसन्धानको क्रममा यदि कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारबाही गरिने व्यहोरा जानकारीका लागि अनुरोध गरिएको उल्लेख गरिएको छ ।

    यस्तै, प्रदेश प्रहरी कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा कार्यान्वयण गराउने क्रममा घटना हुन गएको जनाएको छ ।

    पर्साका एसपी बेलबहादुर पाण्डेले डिएसपीले महमदलाई पिटेको स्वीकारे पनि घटनालाई गुपचुप बनाएको आरोप लागेको थियो।

    एसपी पाण्डेले  मेडिकलका कर्मचारीले प्रहरीमाथि हातपात गरेर भिडियो बनाएको हुँदा कुटपिट गरिएको भन्दै पत्रकारहरुलाई गैरजिम्मेवार जवाफ दिदिएका थिए ।

    घटनाको छानविन गरेर दोशीलाई कारवाही गर्न एसपी पाण्डेले चासो नदेखाएपछि दुई नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले घटनाको बारेमा तत्काल अनुसन्धान थाल्न छानविन समितिलाई निर्देशन दिएको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार