Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • लुटपाट आरोपमा डिएसपीका घुमुवा पक्राउ

    लुटपाट आरोपमा डिएसपीका घुमुवा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 3.2K
    SHARES

    काठमाडौं । लुटपाट गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

    प्रहरी वृत्त बानेश्वरमा कार्यरत हवल्दार चक्र बहादुर शाही बुधबार पक्राउ परेका हुन्।



    शाहीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।



    शाही प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीको घुमुवाका रुपमा कार्यरत थिए।

    डलर लुटपाट गर्ने समूहसँग मिलेर उनले ४ लाख रुपैयाँ लुटेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

    हवल्दार शाहीको कोठाबाट पैसासमेत बरामद भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले हवल्दार शाही विरुद्ध चोरी मुद्दामा अनुसन्धान अघि बढाएको छ।

    यो घटनामा डीएसपी बुढाथोकीमाथि पनि छानबिन हुने परिसरका एक प्रहरी अधिकृतले बताए। हवल्दार शाहीले यसअघि पनि डीएसपीको नाममा पैसा मागेर दुःख दिने गरेको भन्दै व्यवसायीले उजुरी गरेका थिए।

    तर, डिएसपी बुढाथोकीले शाहीमाथि कुनै पनि कारवाही गरेका थिएनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार