Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीको आक्रोश : विपक्षीका अधिवक्ताहरूले इजलासमा तमासा देखाए

    प्रधानमन्त्री ओलीको आक्रोश : विपक्षीका अधिवक्ताहरूले इजलासमा तमासा देखाए

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनमा आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश ब्यक्त गरेका छन्।

    आज एमाले युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाउदै संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश पोखेका हुन्।



    ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ? यो गम्भीर विषय हो । प्रधनमन्त्री ओलीले भने, उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’



    सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार