Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संवैधानिक इजलासको पुरानै बेन्चले नै संसद विघटनविरुद्धको मुद्दा सुनुवाई गर्ने तय

    संवैधानिक इजलासको पुरानै बेन्चले नै संसद विघटनविरुद्धको मुद्दा सुनुवाई गर्ने तय

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटको फैसलाका लागि इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले माग पुरा नहुने भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले  संवैधानिक इजलासको सूची  उही पुरानै कायम राखेका छन्। संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ ।



    शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले माग गरेपनि आज पुरानै ५ न्यायाधीशको इजलास कायम राखिएको छ ।



    प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको बेन्चले नै मुद्दाको सुनुवाई गर्ने तय भएको छ ।

    संवैधानिक इजलास परिवर्तन गर्ने र नगर्ने बारे सोमबार न्यायाधीहरुवीच छलफल भएको थियो ।

    कांग्रेस सभापति देउवाको नेतृत्वमा १४६ सांसदहरूको हस्ताक्षरमा प्रधानमन्त्री नियुक्ति परमादेश जारीको माग गरिएको रिट परेको थियो । रिटमा कांग्रेसका ६१, माओवादी केन्द ४९, एमाले माधवकुमार नेपाल पक्षका २३, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदको हस्ताक्षर छ ।

    उक्त रिट निवेदनमा देउवालाई समर्थन गर्ने सांसदहरूलाई दल त्याग ऐनअनुरुप कारबाही गर्न नमिल्ने जिकीरसहित अदालतले त्यसमा पनि आदेश गर्नुपर्ने माग राखेका थिए । त्यसअतिरिक्त कानुन व्यवसायीहरूको तर्फबाट प्रतिनिधि सभा पुनस्स्थापना निम्ति ३० वटा रिटमाथि सुनुवाई हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार