Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • थप ५,०४२ जना कोरोना संक्रमित थपिदा ८,२४३ जना संक्रमणमुक्त, ६८ जनाको मृत्यु

    थप ५,०४२ जना कोरोना संक्रमित थपिदा ८,२४३ जना संक्रमणमुक्त, ६८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ।

    मन्त्रालयका अनुसार १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।  ८ हजार २ सय ४३ जना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुने दर ८२ दशमलब ८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।



    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।



     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार