Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपालले आज जोर्डनसँग खेल्ने

    नेपालले आज जोर्डनसँग खेल्ने

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ ।
    सो खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

    यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो । आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन् ।



    चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।



    जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । नेपालले अब आउँदो शुक्रवार अष्ट्रेलियासँग खेल्नेछ । छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ ।

    नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार