Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संवैधानिक इजलासमा बहस : राष्ट्रपतिमाथि प्रश्न

    संवैधानिक इजलासमा बहस : राष्ट्रपतिमाथि प्रश्न

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । आइतबार हेर्दाहेर्दैमा स्थगित भएको संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ ३ दिनपछि आज सुरु भएको छ ।

    काँग्रेस सभापति शेरबहादुर देउवाले दर्ता गरेको रिट निवेदनको तर्फबाट बहस शुरु गरेका वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपतिको काम संविधानको पालना र संरक्षण गर्नेु भएकाे बताउदै सरकार बन्न नसेकेको हो कि राष्ट्रपतिले सरकार नबनाइदिएको हो ? भन्दै प्रश्न गरेका छन् ।



    ७६ (५) अनुसार सरकार गठन गर्दा दलको ह्विप नलाग्ने बताउँदै उनले व्यक्तिलाई प्रधानमन्त्री बनाउन यो उपधाराको व्यवस्था गरिएको भन्ने जिकिर गरे। ‘त्यसैले संसद सदस्यको बहुमत लिएर गएको व्यक्तिलाई नियुक्त गर्नुपर्छ । राष्ट्रपतिको काम संविधानको पालना र संरक्षण गर्ने हो । सरकार बन्न नसेकेको हो कि राष्ट्रपतिले सरकार नबनाइदिएको हो ?,’ उनको प्रश्न थियो ।



    त्यस्तै, उनले उपधारा ४ को प्रयोग नगरी उपधारा ५ मा जान नमिल्ने बताउँदै त्यहाँ नै त्रुटि भएको जिकिर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार