Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • धनगढीमा जिप चोरेको आरोपमा युवक पक्राउ

    धनगढीमा जिप चोरेको आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    धनगढी । कैलालीमा पार्किङ गरी राखिएको जिप चोरी गरेर दुर्घटना गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ का २७ वर्षीय करनसिंह धामी रहेका छन् ।



    धामीले बिहीबार राति धनगढीस्थित बसपार्कको नविन होटल बाहिर पार्किङ गरी राखेको खड्कबहादुर चलाउनेको बा १४ च १६४४ नम्बरको बोलेरो जिप चोरेका थिए । खोजी गर्दै सो जिप गोदावरीको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।



    होटलमा बास बसेका धामीले चलाउनेको कोठाको झ्यालबाट चाबी चोरेर जिप गोदावरी लगेका थिए । धामीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार