Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जसपाका मन्त्रीहरुलाई सोधे उपेन्द्र यादवले स्पष्टीकरण

    जसपाका मन्त्रीहरुलाई सोधे उपेन्द्र यादवले स्पष्टीकरण

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जनशक्ति पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णयबिना सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् ।

    सरकारमा कसरी सहभागी भएको भनेर उनले स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण बुझाउन मन्त्रीहरुलाई सात दिनको म्याद दिइएको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् ।



    राजेन्द्र महतो उपप्रधानमन्त्री र सहरी विकासमन्त्री, शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अनिलकुमार झा खानेपानी मन्त्री, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री तथा राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् ।



    यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र एकवाल मिया युवा तथा खेलकुद मन्त्री छन् ।

    यसैगरी चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार